२०८३, आषाढ ६ गते

शनिवार, आषाढ ६ गते २०८३

प्रतिनिधि सभा बैठक स्थगित, अब बुधबार दिउँसो १ बजे बस्ने

सोमवार , जेठ २७, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । सोमबार अपराह्न केहीबेर बसेको बैठकमा पनि विपक्षी दलले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत विपक्षी दलका सांसदहरूको अवरोधपछि आधा घन्टाका लागि स्थगित भएको थियो । त्यसपछि बैठक बस्न सकेन ।

संघीय संसद सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ