काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले कर्णाली प्रदेश सरकारमा नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन कायम रहेको बताएका छन् । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार पत्रकारहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् ।
उनले भने, ‘कर्णाली प्रदेशमा नेकपा माओवादीका तर्फबाट मूख्यमन्त्री हुनुहुन्छ । त्यसमा नेकपा एमालेका साथीहरु पनि सामेल हुनुहुन्छ । त्यो सरकारप्रतिको समर्थन अहिले सम्म कायम छ ।’
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले भने बुधबार कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएको बताएको थियो ।