काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठकमा भाग लिन बालुवाटार हिँडेका झलनाथ–माधव पक्षका सांसदहरु बाटाेबाट फर्किएका छन् ।
झलनाथ–माधव पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेका थिए ।
सुनाैलाे नेपालसँगकाे कुराकानीमा सांसद लक्ष्मी चाैधरीले भनिन् ‘बालुवाटार जाने निर्णय भए पनि कमरेडहरुले पुन: आउनु भनेपछि फर्केका हाैँ ।’ हेरिटेज गार्डेनमा फर्किएर उनीहरुले शीर्ष नेतासँग छलफल गरिरहेकाे पनि उनले जानकारी दिइन् ।
यसअघि माधव–झलनाथ पक्षका सांसदहरुको बैठकले बालुवाटार जाने निर्णय गरेको थियो ।