२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

मोटरसाइकल दुर्घटनामा परी धादिङमा एक युवकको मृत्यु

शनिवार , जेठ ३२, २०८२

मलेखु (धादिङ) । धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ सोप्याङखोलामा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।

हाप्सेचौरतर्फबाट फोकटपुर आउँदै गरेको बा प्र ०२–०५० प ९६२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा थाक्रे गाउँपालिका–८, फोकटपुरका २२ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

मुख र ढाडमा गम्भीर चोट लागेका थापालाई प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक स्वास्थ्य केन्द्र गजुरी पुर्याइएको थियो ।

“दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उपचारका क्रममा निजको मृत्यु भएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक सुवास हमालले हमालले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट