काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिने भएका छन् । खरेलले आजैबाट लागू हुने गरी राजीनामा दिने उनी निकट स्राेतले जनाएकाे छ ।
राजीनामाबारे दिउँसो १ बजे पत्रकार सम्मेलन गरि जानकारी दिने स्रोतले बताएको छ ।
प्रतिनिधि सभा पुन:स्थापना सम्बन्धि मुद्दामा सरकारको बचाउ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली महान्यायाधिवक्ता खरेलसँग असन्तुष्ट थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खरेललाई २०७४ फागुन ८ गते नियुक्त गरेकी थिइन् ।