logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • हलिउड स्टार ब्राड पिटले कुटपिट गरेको भन्दै उनकी पत्नी एन्जेलिना अदालतमा 

    हलिउड स्टार ब्राड पिटले कुटपिट गरेको भन्दै उनकी पत्नी एन्जेलिना अदालतमा 

    3.1K
    Shares

    हलिउड अभिनेता ब्राड पिट र एन्जेलिना जोलीको सन् २०१४ मा विवाह भएको थियो । उनीहरु  फिल्म ‘मिस्टर एंड मिसेज स्मिथु’ को सेटमा एक अर्कासँग नजिकिएका थिए । तर यी जोडिले विवाह भएको दुई वर्षमा नै एक अर्कालाई विभिन्न आरोप लगाएर कानुनी रुपमा नै एकअर्काको विरुद्धमा लडाईँ सुरु गरेका थिए ।

    अहिलेसम्म आधिकारिक रुपमा सम्बन्धविच्छेद नभएपनि यो जोडी सन् २०१९ मा अदालतको निर्णय अनुसार एक अर्काबाट अलगजीवन बिताइरहेका छन् । 

    यसैबीच, एन्जेलिनाले पूर्वपति ब्राडले घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । उनले ब्राडले आफूमाथि कुटपिट गर्ने गरेको समेत बताएकी छन् । उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाणसहितको कागजात मार्च १२ अदालतमा मा पेस गरेकी छिन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend