काठमाडौं। महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाल नियुक्तिका लागि सिफारिस भएका छन्।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको उच्च स्रोतले जनाएको छ।
अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि बडाललाई नियुक्त गरिएको हो।