शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

वन आयोजनाका लागि विश्‍व बैंकको दुई अर्ब ८० करोड ऋण तथा अनुदान सहायता

वन आयोजनाका लागि विश्‍व बैंकको दुई अर्ब ८० करोड ऋण तथा अनुदान सहायता

काठमाडाैं । ‘समृद्धिका लागि वन’ आयोजनाका लागि विश्‍व बैंकले ऋण तथा अनुदान सहायता उपलब्ध गराउने भएको छ । 

नेपाल सरकार र विश्व बैंकबीच करिब दुई अर्ब ८० करोड रुपैयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको हो । 

सम्झौताको कुल रकममध्ये ७१ करोड रुपैयाँ अनुदान र २ अर्ब ९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नपालको दिगो वन व्यवस्थापनसँग समुदायमा आधारित वन संरक्षण प्रयासलाई टेवा पुर्‍याउने अर्थ मन्त्रालय र विश्व बैंकको भनाइ छ ।

सम्झौतामा सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । 

यस आयोजनाले ५० वटा  स्थानीय तहलाई सहयोग पुर्‍याउने उल्लेख गरिएको छ ।  अर्थसचिव ढुंगानाले आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पुर्‍याउने बताए । 

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले आयोजना हरित आर्थिक वृद्धिका लागि सुरुवातको बिन्दु हुने पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend