काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले पार्टी फुटाउने कुरा नगरेको दावी गरेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी एकताको पक्षमा धारणा राखेको बताए ।
आफूहरु सधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत राख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नहुँदा समस्या भएको बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका एकताको पक्षमा उभिन नेता नेपालले निर्देशन दिए ।
नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुन सक्छ भनेर आफूहरुले परामर्श गरिरहेकाले नआत्तिइकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न पनि निर्देशन दिए ।