काठमाडाैं । नेकपा–एमालेको माधव नेपाल नेतृत्वको समूह शनिबारका लागि बोलाइएको पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैतर्फको बैठकमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबारका लागि बैठक आह्वान गरेका छन् तर दुवै बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नेतृत्वको समूह सहभागी नहुने निर्णय गरेको हो ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको शुक्रबार बानेश्वरमा बसेको बैठकले यस्ताे निर्णय गरेको एक नेताले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा आह्वान गरेका थिए ।