काठमाडौं । शनिबार नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटी बैठक सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
एमाले सांसद शेरबहादुर तामाङले बिहान साढे १० बजे संसदीय दलको बैठक र दिउँसो १ बजे केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिए ।
शनिबारका लागि बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा पनि खनाल–नेपाल पक्षले सहभागिता नजनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीका सदस्यहरूको बैठकले सहभागिता नजनाउने निर्णय गरेको हाे । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्ने गरेकेामा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दल निजीकरण गर्न खोजिएकाले सहभागी नहुने निर्णय गरेकाे एक नेताले बताए ।
अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा आह्वान गरेका थिए ।