logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • बाबुराम भट्टराई भन्छन्, ‘अहिलेकाे प्रश्न कोसँग सत्ता समीकरण भन्दा पनि ‘घातक खड्ग’ कसरी हटाउने भन्ने हाे’ 

    बाबुराम भट्टराई भन्छन्, ‘अहिलेकाे प्रश्न कोसँग सत्ता समीकरण भन्दा पनि ‘घातक खड्ग’ कसरी हटाउने भन्ने हाे’ 

    2.3K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउनु जरुरी भएको बताएका छन् ।

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले सत्ता समीकरणका विषयमाभन्दा पनि प्रधानमन्त्री ओलीलाई कसरी हटाउने भन्ने नै अहिलेकाे यक्षप्रश्न भएकाे बताएका छन् । सामाजिक सञ्जालमा डा. भट्टराईले भनेका छन्, ‘अहिलेको यक्षप्रश्न कोसँग सत्ता समिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हाेइन । अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो ?’

    डा. भट्टराईले अहिलेकाे याे समयमा ओली हटाउन कुनै गल्ती गर्न नहुने पनि उल्लेख गरेका छन् । उनले भनेका छन् ‘अगाडि आएको बाघलाई पहिले लघारौँ, पछाडिका स्यालहरूसँग लड्दै गरौंला, कुनै गल्ती नगरौँ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend