काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेरअघि बैठक सुरु भएको हो।
बैठकमा एमाले उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम पनि उपस्थित भएको एमाले मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपा र पुनःस्थाापित नेकपा एमालेका दुवै पक्षका बैठक तथा भेलामा सहभागी नभएका गौतम पहिलो पटक आज दलको बैठकमा सहभागी भएका हुन् ।
आजको बैठकमा विधान संशोधन समितिले प्रस्ताव गरेको संशोधन प्रस्ताव, संसदीय बोर्डको पूर्णता लगायतका विषयमा छलफल हुने बताइएको छ।