काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने सपना पूरा हुन नदिने बताएका छन्। बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी, झण्डा र चुनाव चिन्ह कब्जा गर्न नदिइने बताएका हुन्।
माधव नेपाल समूहले गरेको कार्यकर्ता भेला अरु कसैका लागि भएको भन्दै ओलीले पार्टी अध्यक्ष र महासचिवको निर्देशनविपरित त्यस्ता भेला गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिए।
प्रचण्डले बुटवल र सिन्धुलीमा गएर दिएका अभिव्यक्ति जस्तो एमालेको चुनाव चिन्ह र झण्डा कब्जा गरेर प्रचण्डलाई बुझाउने नियतले पार्टीमा फर्केको हो भने त्यो सपना नदेख्न चेतावनी दिँदै ओलीले भने, “केपी ओली भएसम्म पार्टी, पार्टीको झण्डा र चुनाव चिन्ह कब्जा गर्ने सपना कसैले नदेखे हुन्छ।”