logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • माधव नेपाल, भीम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    माधव नेपाल, भीम रावलसहित पाँच जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

    2.3K
    Shares

    काठमाडौं। नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधव नेपालसहित अन्य ५ जनालाई स्पष्टीकरण सोध्ने भएको छ। 

    शनिबार बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ नेता नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ । 

    बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने  या हेरफेर गर्ने अधिकार अध्यक्ष ओलीलाई प्रत्यायोजन पनि गरेको छ । 

    त्यस्तै बैठकले हाल विद्यमान २ सय ६४ सदस्यिय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा परिणत गर्ने निर्णय पनि गरेको छ। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend