logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक

    फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक

    5.6K
    Shares

    काठमाडौँ । नयाँ बर्ष ०७८ को अबसर पारेर चैत्र २७ मा प्रदर्शन हुन लागेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ट्रेलर सार्वजनिक  गरिएको छ । युट्युव च्यानल साइराम पिक्चर्समार्फत दर्शकमाझ ल्याइएको ट्रेलरमा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र, झा, नवीन रेग्मी, भावना गुरुङलगायतका फिल्मका प्रमुख कलाकारलाई समेटिएको छ ।

    दीपक ओलीको निर्देशनमा बनेको फिल्मको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोह , रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की र केबल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend