logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निर्माताले दुर्व्यवहार गरेको अभिनेत्री प्रियंकाको आरोप

    निर्माताले दुर्व्यवहार गरेको अभिनेत्री प्रियंकाको आरोप

    5.7K
    Shares

    अभिनेत्री प्रियंका चोपडालाई फिल्म निर्माताले फिल्मको सेटमा दुर्व्यवहार गरेको बताएकी छिन्। चोपडाले ओप्राह विन्फ्रेसँगको हालसालै गरेको अन्तर्वार्तामा यस कुराको खुलासा गरेकी छिन् ।

    उनलाई ती निर्माताले अतुलनीय नृत्य गर्न भन्दैँ अंडरवियर तल झर्न भनेका थिए त्यसपछि उनले भोलिपल्टनै त्यस चलचित्र छाडेको बताइन्  । उनले भनिन, ‘ त्यो घटनासँग प्रति मलाई दु:ख छ कि मैले त्यो फिल्म निर्मातालाई केहि भन नसकेकोमा। म फिल्म क्षेत्रमा नयाँ भएका कारण म एकदम डराएँ , उनी सामु खडा हुन सकिन ।’  

    एक ग्लोबल आइकनको रुपमा परिचित पिंयकाले अहिले धेरै हलिउड प्रोजेक्टहरुमा पनि काम गरिसकेकी छिन् । प्रियंका चोपडाले सन् २००० मा मिस इण्डिया र मिस वर्ल्डको ताज जितेकी थिइन्।

    मिस वर्ल्ड जितेको  तीन वर्ष पछि उनले ‘द हीरो: लव स्टोरी अफ ए स्पाइ’ बाट अभिनयको शुरुवात गरेकी हुन जसमा उनले सनी देओल र प्रीति जिन्टासँग काम गरीन्। त्यसपछि उनी ‘अन्दाज ’र ‘मुझसे शादि करोगी’ जस्ता बक्स अफिस हिट फिल्ममा काम गरिन तर उनको ब्रेकआउट भने सन्  २००४ मा थ्रिलर फिल्म अइतराज बाट भएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend