२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

जमेको पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

मंगलवार , आषाढ १०, २०८२

काठमाडौँ । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका–५ टिकाथली ठटिकोटमा विद्युत् चुहिएर एकजनाको मृत्यु भएको छ ।

सोही ठाउँस्थित निर्माणाधीन घरको जग खनेको खाल्टोमा जमेको पानी तान्ने क्रममा करेन्ट लागेर स्थानीय ६४ वर्षीय आशाकाजी महर्जनको आज मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैबीच, आजै ललितपुर महानगरपालिका–१८ नख्खुस्थित विष्णु पहेलीले सञ्चालन गरेको बिटी सुज सेन्टरमा करेन्ट सर्ट भई आज बिहान आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको पनि उनले बताए ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट