ट्वीटरका सिइओ ज्याक डोर्सीले उनको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा बेचेका छन् । डोर्सीले दुई हप्ता अघि यस पोस्टलाई डिजिटल लिलामीको घोषणा गरेका थिए । उनले सन् २००६ मा यो पहिलो ट्वीट पोस्ट गरेका थिए । जसमा उनले लेखेका थिए , ‘म आफ्नो ट्वीटरको सुरुवात गर्दैछु ।’उनको ट्वीटलाई ब्रिज ओरेकलका सिइओ सीना एस्टेवीले खरिद गरेका छन् ।
उनको यो पुरानो ट्वीटलाई एनएफटी टोकनको रुपमा बेचिएको छ। डोर्सीले ट्वीट बेचेर पाएको पैसा गैर लाभकारी अफ्रीकी संस्थालाई दिने घोषणा गरेका छन्। उनले ९५ प्रतिशत रकम पाउने छन् भने ५ प्रतिशत रकम प्लेटफर्मले पाउने बताइएको छ ।