काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिरोध गरेका छन् ।
संसदमा सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने वित्तिकै सांसदहरू उठेर विरोध गरेका हुन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय न्यायीक आयोग गठन गर्नुपर्ने उनीहरुको माग छ ।
गत जेठ १३ गतेदेखि रास्वपा र राप्रपाले संसद्को कामकारबाहीमा भाग लिएका छैनन् । उनीहरुले लगातार संसद अवरोध र वहिस्कार गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस