काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले संसदबाट पारित गर्न खोजेको निजामती विधेयकलाई रोष्ट्रमबाटै च्यातेका छन् ।
विधेयकलाई ‘गरिबमारा’ संज्ञा दिँदै यो पारित भयो भने देशमा आगो बाल्ने चेतावनी समेत उनले दिए । यो विधेयकले गरिबलाई लोकसेवा लड्ने अधिकारबाटै बञ्चित गर्ने उनको दाबी छ ।
उनले भने, ‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ । गरिबको भाग्य भविष्यलाई कत्लेआम गर्ने गरी आएको विधेयक हामीलाई स्वीकार्य छैन । यो आयो भने गरिबका लागि कालो दिन हुन्छ । यसका मतियारलाई गरिबले कहिल्यै माफी दिने छैनन् ।’
विधेयकले कमजोर पक्षको सुरक्षा गर्नुपर्नेमा तल्लो तहमा काम गर्नेको सुरक्षा निजामती विधेयकले नगरेको उनको भनाइ छ ।
यस्तो आपराधिक कार्यको साक्षी नबस्ने भन्दै उनले विधेयकको प्रति च्यातेर बैठक बहिष्कार गरेर हिँडेका छन् ।
प्रतिक्रिया दिनुहोस