२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

संसदीय अभ्यासको प्रभावकारीताबारे समीक्षा गर्नुपर्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसद्को जनउत्तरदायी, पारदर्शी र प्रभावकारीताबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

६७औँ संसद् दिवसको अवसरमा आज सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका सबैखाले संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

उपाध्यक्ष घिमिरेले मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्दै लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएकी छन्।

शुभकामना सन्देशमा भनिएको छ, “मौलिक ढङ्गले संसदीय परिपाटीको सञ्चालन गर्न सांसद, राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम र जनताले साझा प्रयास गर्नुपर्छ, संसद् बलियो हुँदा मात्र संविधान कार्यान्वयन हुन्छ, शासन उत्तरदायी बन्छ, र जनताले सुशासन अनुभव गर्न पाउँछन् ।”

सबै पक्षको साझा प्रतिबद्धता र समन्वयात्मक प्रयासबाट मात्र संसद्को गरिमा पुनःस्थापना गर्न सकिने उल्लेख गर्दै उनले भनेकी छन्, “जसले लोकतन्त्रलाई बलियो बनाउँछ र जनतामा विश्वास जागृत गराउँछ, जनताका मुद्दालाई सशक्त रूपमा उठाउन सक्ने क्षमताको विकास गर्नु जरुरी छ ।”

संसद् दिवसले सङ्घीय संसद्का सदस्य, संविधानसभा सदस्य, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आम नेपाली जनतामा लोकतन्त्रको सार सम्झाउने र सुधारको बाटो देखाउने अवसर बन्न सकोस भनि कामना पनि व्यक्त गरेकी छन् ।

विसं २०१६ साल असार १६ गते नेपालमा संसद््को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद् दिवस मनाउने गरिएको छ । संसद् नागरिकको आवाज, आकांक्षा, विचार र आवश्यकता बोकेको संस्था हो ।

नेपालले लामो संघर्षपछि लोकतन्त्र र संघीय प्रणाली अवलम्बन गर्दै संसद्लाई जनताको सर्वोच्च प्रतिनिधि निकायको रूपमा स्थापित गरेको छ । संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको उपाध्यक्ष घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ