अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा आतङ्ककारी विरुद्ध गरिएको सुरक्षा कारबाहीमा परी कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् । यस कारबाहीको क्रममा अन्य पाँच तालिबान लडाकू समेत घाइते भएको छ ।
तालिबान लडाकू लुकेर बसेको इलाकामा लक्षित गरि सो कारबाही भएको थियो । यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीले योजना गरेको एम्बुस, विस्फोटक पदार्थ ५५ थान बरामद गरेको बताइएको छ ।
कारबाहीको क्रममा सर्वसाधारण नागरिक र सुरक्षा अधिकारीहरु भने हताहत नभएका समाचारमा जनाइएको छ । तालिबान लडाकू समूहले भने यस कारबाहीको विषयको केही टिप्पणी गरेका छैनन् ।