नयाँ दिल्ली । भारतमा एकै दिनमा ५३ हजार ४७६ जना नया कोरोना संक्रमित भेटिएका छन् । यस सँगै भारतमा कोरोना संक्रमीतको संक्रमितको कूल सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जनाइएको छ ।
२४ घण्टामा कोरोना संक्रमणबाट २५१ जनाको मृत्यु भएको थियो । अहिले मृतकको संख्या एक लाख ६० हजार छ सय ९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।
सोही अवधिमा यहाँँ कूल संक्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार छ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ