logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

    नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

    4.2K
    Shares

    काठमाडौँ । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच  भएको भेटघाटमा सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावास ओमानले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा समेत थप सहकार्यका लागि छलफल नियमित गर्ने सहमतिसमेत भएको जनाइएको छ । 

    सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी  र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाको सहभागीता रहेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend