२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

राष्ट्रियसभा बैठक : विनियोजन विधेयकको विनियोजन शीर्षकमाथी छलफल जारी

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ ।

जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुधारका लागि नीतिगत डिपार्चर अपरिहार्य रहेको उल्लेख गर्दै यसो भएमा मात्रै देशको विकास हुने बताइन् ।

उनले आवश्यकता र औचित्यका आधार आयोजना छनौट गरी पर्याप्त बजेट विनियोजन गरेर कार्यान्वयन संयन्त्रकासाथ अगाडि बढ्नसकेको खण्डमा समानुपातिक विकास हुने विश्वास व्यक्त गरिन् ।

सांसद राधेश्याम पासवानले बजेटको स्रोत व्यवस्थापन र आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिए ।

बैठकको कार्यसूची अनुसार आज राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्याल, राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयसहित ११ शीर्षकमाथि छलफल हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ