२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कांग्रेस नेता शिवाकोटी भन्छन् : ‘कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गरिएको छेडखानी संसदको अपमान’

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले निजामती सेवा विधेयकमा गरिएको छेडखानीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

निजामती सेवा ऐनमा रहेको कुलिङ पिरियड हटाइएकोप्रति व्यापक विरोध भइरहेका बेला मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

शिवाकोटीले प्रतिनिधिसभाबाट दुई वर्षे कुलिङ पिरियडको स्पष्ट व्यवस्था सहित पारित भइसकेपछि त्यसको मर्म विपरीत विधेयकमा गरिएको छेडखानीलाई संसदको अपमान भनेका छन् ।

उनले केही व्यक्तिको साँघुरो स्वार्थका लागि विधेयकमा तोडमोड गरिएको आरोप लगाए । उनले लेखेका छन्, “लोकतान्त्रिक विधि र संसदप्रतिको विश्वासमाथि ठाडो प्रहार भएको छ ।”

शिवाकोटीले विधेयकको मर्म विपरीत छलछाम गरी संसदलाई गुमराहमा राखिएको भन्दै यस्तो कार्य नागरिकको विश्वासमाथिको धोका भएको टिप्पणी गरेका छन् । ‘संसदलाई बुख्याचा बनाउने यस्ता चलखेल अब सह्य छैन,’ भन्दै उनले तत्काल संसदीय छानबिनको माग गरेका छन् ।

उनले संसदमा पारित विधेयकमा कसको निर्देशनमा, कुन प्रक्रियाबाट र किन छेडखानी भयो भन्नेबारे छानबिन गरी संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरेका छन् ।

शिवाकोटीले भनेका छन्, ‘संसदीय प्रणालीको रक्षा गर्न आजैबाट संसदको निर्णय उल्ट्याउने प्रवृत्तिलाई रोकिनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ