२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

निजामती विधेयकका प्रावधान परिर्वतन गर्ने दोषीलाई कारबाही गर्न नेता कोइरालाको माग

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले प्रतिनिधिसभाबाट पास गरिएको निजामती कर्मचारी सेवा विधेयकमा केही प्रावधान परिर्वतन गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

लेखक तथा साहित्यकार मधुसूदन पाण्डेयद्वारा लिखित, अनुदित, सम्पादित तथा सहलिखित ‘शतक पुस्तक’ को यहाँ आज लोकार्पण गर्दै निजामती विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको मितिले दुई वर्षसम्म कुनै पनि सरकारी नियुक्ति लिन नपाउने व्यवस्थामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सचिवालयका कर्मचारी वा सांसदले विधेयकमाथि आफू खुसी प्रावधान राखेको उनले उल्लेख गरे ।

उनले भने, “राज्य व्यवस्था समितिबाट निजामती विधेयक सर्वसम्मतिले पारित हुन्छ, अनि संसद्मा आइसकेपछि हेरफेर हुन्छ, यो सरासर आपराधिक काम हो, यसमा को दोषी हो भन्न सक्दिन, तर जो दोषी हो, उसले कुनै पनि हालतमा क्षमा पाउनुहुँदैन, यी र यस्तै क्रियाकलाप हुँदै जाने हो भने देश कता जान्छ ?”

राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको थियो ।

तर त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई थप परिभाषित गरिएको छ ।

नेपाल र विश्वको वर्तमान परिस्थितिमा विशेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादको अझै बढी सान्दर्भिक भएको उल्लेख गर्दै उनले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक र सामाजिक अवस्थालाई नेपाली साहित्यको माध्यमबाट चित्रण गर्न साहित्यकारसँग आग्रह गरे ।

कार्यक्रममा लेखक पाण्डेयद्वारा लिखित १०४ वटा (मौलिक, अनुदित तथा सम्पादित) पुस्तकको लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ