काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले अन्तिममा समितिका सभापति रामहरि खतिवडासँग धेरैपटक विधेयक माग्दा पनि नदिएको गुनासो गरेका छन् ।
बुधबार राज्यव्यवस्था समिति तथा सुशासन समितिको बैठकमा सांसद पाण्डेले विधेयकमाथि नियतबश नै त्रुटि गरिएको दाबी गरेका हुन् ।
'सभापतिले यो विधेयक अन्तिममा हामीलाई पढ्न दिनुभएन, धेरैपटक मागेको थिएँ । विश्वासघात भएको छ,' उनले भने ।
उनले कुलिङ पिरियडमा छलछाम भएकाले छानबिन गर्नुपर्ने र कुलिङ पिरियड जसरी पनि लागू हुनपर्ने बताए ।
उनले सभापति, सचिवले नैतिकता देखाउनुपर्ने र सभापतिदेखि सबैलाई छानबिन गर्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस