काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको तर्फबाट प्राप्त गर्दै आएको सेवा सुविधा त्यागेकी छन् ।
नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेलगत्तै उनले यस्तो निर्णय गरेकी हुन् ।
उनले आजकै मितिबाट लागू हुनेगरी पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाएकी हुन् ।
प्रतिक्रिया दिनुहोस