२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

‘जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छ’ : मन्त्री भण्डारी

बिहिवार , आषाढ १९, २०८२

बैतडी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

यहाँको दोगडाकेदार गाउँपालिका पूर्ण संस्थागत सुत्केरी घोषणा समारोहमा उनले वर्तमान सरकारले केही गर्न नसकेको भन्ने भाष्य गलत रहेको बताए ।

उनले भने, “वर्तमान सरकार जनआकांक्षा पूरा गर्न काम गरिरहेको छ । केही भएको छैन भन्ने भाष्य गलत हो ।”

नेपालमै थुप्रै सम्भावना रहेकाले स्वरोजगार बन्नुपर्नेमा उनले जोड दिए । उनले भने, “हाम्रै वरिपरि थुप्रै सम्भावना छन् । तिनको खोजी गरेर उद्यमी बन्न जरुरी छ । त्यसमा सरकारले सहयोग गर्छ ।”

खानी, खनिज, जडीबुटी, कृषिमा सम्भावना रहेको बताउँदै उनले नेपालमै रोजगारीका अवसर रहेको बताए । गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य र शिक्षा क्षेत्र प्राथमिकतामा रहेको बताए ।

गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले महिला र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताइन् । दोगडाकेदारका १७ स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा सञ्चालनमा छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स, मातृशिशु कोष र कोशेली वितरण हुँदै आएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका ३०८ गर्भवतीले स्वास्थ्य संस्थामै बच्चा जन्माएपछि गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको छ । समारोहमा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ