काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले हरेक कालखण्डमा मुलुकको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी कांग्रेसले अब आर्थिक सामाजिक रुपान्तरणको पनि नेतृत्व गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व कोइरालाको जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“प्रजातन्त्र स्थापना, पञ्चायत र राजतन्त्र अन्त्य तथा संविधान निर्माणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको मार्ग अघि बढाउनुपर्छ”, उनले भने ।
उनले हरित ऊर्जा, आधुनिक कृषि प्रणाली, उन्नत बाली प्रवर्द्धन तथा किसानलाई प्रविधिसँग जोड्न विशेष योजना ल्याउनुपर्नेमा जोड दिँदै धार्मिक, सांस्कृतिक, आध्यात्मिक र साहसिक पर्यटन प्रवर्द्धन गरी मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस