काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूण चौधरीले आज राजीनामा दिने भएका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट पर्यटन राज्यमन्त्री बनेका चौधरीले आज ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई वालुवाटार पुगेर राजीनामा बुझाउने तयारी भएको हो ।
नाउपाले सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । शनिबारको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस