२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

शिक्षा समिति बैठकमा लफडा, कुन सांसदले के भने ?

आइतवार , आषाढ २२, २०८२

काठमाडौँ । संसद्को शिक्षा समिति बैठकमा लफडा भएको छ । आइतबारको समिति बैठकमा सत्तारूढ नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माबीच भनाभन भएको छ ।

शिक्षामन्त्री रघुजी पन्त र कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले थप समय माग गरेपछि समिति सदस्यहरूले आफ्नो धारणा राख्ने क्रममा लफडा पर्यो ।

बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने भने पनि केही विषय टुंगिन बाँकी रहेकोले स्थगित गर्ने प्रस्ताव आएको थियो । समितिका सभापति अम्मरबहादुर थापाले कुरा राख्न नेपाली कांग्रेसका प्रमुख सचेतक घिमिरेलाई सुरूमा समय दिएका थिए । घिमिरेलाई सभापति थापाले समितिको सदस्यका रूपमा बोल्न समय दिनुपर्नेमा कुनै दलको प्रमुख सचेतकको रूपमा बोल्न दिएको भन्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले असन्तुष्टि जनाइन् ।

उनले बैठक सुरु हुनेबित्तिकै स्थगितको प्रस्ताव गर्न नपाइने भन्दै यसले कानून निर्माणमा प्रभाव पारिरहेको बताइन् ।

सांसद शर्माले कुनै पार्टीको ह्विप मान्न समिति तयार नरहेको बताइन् । उनले अहिलेसम्म सहज रूपमा समिति अघि बढिरहेको र आज आएर समितिमा दलको ह्विप लाग्ने काम भइरहेको बताइन् ।

त्यसपछि कांग्रेस प्रमुख सचेतक घिमिरेले यसरी अपमानित गरेर बोल्न पाइँदैन भने । घिमिरे आक्रोशित भएपछि समिति सभापति अम्मरबहादुर थापाले बस्न अनुरोध गरे तर घिमिरे भने बैठकबाट उठेर हिँडे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ