२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

विद्या भण्डारी र बालेन शाहबीच भेटवार्ता

आइतवार , आषाढ २२, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । गत बिहीबार भण्डारी र बालेनबीच भेटवार्ता भएको हो ।

बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन् । स्रोतका अनुसार सो क्रममा समसायिक विषयमा छलफल भएको थियो । तर उक्त भेटबारे विस्तृतमा खुलाएको छैन ।

उक्त भेटमा नेकपा (एमाले) का शेरधन राई, कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागि थिए ।

भण्डारीले हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । यससँगै उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाडेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ