२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कुलिङ पिरियडको व्यवस्था तोडमोड : यी हुन् विशेष संसदीय छानबिन समितिमा रहने सदस्यहरु

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । आजको प्रतिनिधि सभाबाट ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन गर्न संसदीय समिति गठन हुँदैछ ।

कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुङ्गिएको छ ।

प्रतिनिधि सभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा समितिमा रहने सदस्यको नाम दलका प्रमुख सचेतकले सभामुख देवराज घिमिरेलाई दिएका हुन् ।

उक्त ७ सदस्यीय समितिमा कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, एमालेबाट‍‍‍‍‍ नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहने छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ