logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ६ वटा ट्याङ्करमा आगलागी, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

    पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ६ वटा ट्याङ्करमा आगलागी, कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का

    2.1K
    Shares

    लिमा । पेरूमा इन्धन बोकेर सडकमा गुडिरहेका ट्याङ्कर विष्फोट हुँदा सडक छेउछाउमा रहेका कैयौँ व्यक्तिको मृत्यु भएको हुनसक्ने पेरूको प्रहरीले बताएको छ ।

    पेरूको राष्ट्रिय राजमार्ग प्रहरी प्रमुख एर्लिन सिल्भाले घटनाको पुष्टि गरेका छन्। घटनामा कति व्यक्तिको ज्यान गएको हो भन्नेबारे अझै एकीन विवरण सार्वजनिक नभएको उनले बताए ।

    स्थानीय समय अनुसार शनिबार एक पेरूभियाली टेलिभिजनसँगको अन्तवार्तामा उनले घटनाको विवरण दिँदै भने, ‘सडकमा इन्धन बोकेर गुडिरहेको एक ट्याङ्करमा सडकमाथिबाट आएको एउटा चट्टानले सँगै रहेका छ मध्ये पहिलो ट्याङ्करमाथि लागेपछि ट्याङ्करबाट इन्धन चुहेको र उक्त ट्याङ्करमा आगलागिपछि विष्फोट भएको र क्रमशः अन्य ट्याङ्करमा पनि आगलागी र विष्फोट भएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान सुरू भइसकेको छ ।’

    घटनास्थल राजधानी लिमाबाट ८६ किलोमिटर टाढाको राजमार्गमा भएको हो । आगलागी नियन्त्रण र वस्तीमा फैलिन नदिनका लागि १० दमकल घटनास्थलमा पुगी निरन्तर काम गरिरहेका बताइएको छ ।

    विष्फोटका कारण राजमार्गमा गुडिरहेका कार तथा अन्य गाडीहरूमा पनि असर परेको बताइएको छ तर कति व्यक्तिको मृत्यु भएको वा घाइते भएको भन्ने विवरण अझै आइसकेको छैन ।

    पेरूको यातायात तथा सूचना मन्त्रालयले आफ्नो ट्वीटरमार्फत् उक्त क्षेत्रमा गाडी तथा मानवीय आवतजावतलाई तत्कालका लागि रोकिएको र सवारी चालकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend