logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा २४ घण्टामा थपिए ६८ हजारभन्दा धेरै संक्रमित, दुई सय ९५ को ज्यान गयो

    भारतमा २४ घण्टामा थपिए ६८ हजारभन्दा धेरै संक्रमित, दुई सय ९५ को ज्यान गयो

    2K
    Shares

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने २९५ जनाको ज्यान गएको छ ।

    होलीका कारण भारतमा संक्रमितको संख्या झन् बढ्न सक्ने अनुमान गरिएको छ । पछिल्लो समय त्यहाँ ५  लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । 

    मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताएका छन् । यद्यपी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो स्थनमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

    त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend