२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

महानिर्देशक अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग सांसद आलेको माग

मंगलवार , आषाढ २४, २०८२

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै उनले क्यानका महानिर्देशक अधिकारीलगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका हुन् ।

‘म सरकारसँग तत्काल क्यानका महानिर्देशक लगायत आठ जनालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउनको लागि म माग गर्न चाहन्छु,’ आलेले भने ।

सांसद आलेले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको ठहर गर्दै अधिकारीलाई निलम्बन गर्न अख्तियारलाई सिफारिस गरेको पनि स्मरण गराए ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जेठ ७ गते सार्वजनिक लेखा समितिले अनियमितता ठहर गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गरेको थियो,’ उनले भने, ‘आज करिब ४७ दिन भइसकेको छ । न ती पदाधिकारीहरू निलम्बन भएको छन्, न कारबाही प्रक्रिया अगाडि बढेको छ ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ