२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

शुक्रवार , आषाढ ५, २०८३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट नियुक्त भएका छन्। 

शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। 

राष्ट्र  बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकाश पाएका भट्टले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा पीएचडी गरेका छन्।

‘स्टक मार्केट इफिसेन्सी इन नेपाल’ विषयमा विद्यावारिधि गरेका भट्टसँग राष्ट्र बैंकमा हुँदा अनुसन्धान, बैंक सुपरिवेक्षण लगायत विभिन्न विभागमा काम गरेको अनुभव छ।

भट्टले शंकरदेव, नेपाल कमर्स क्याम्पससहित आधा दर्जन कलेजमा साढे दुई दशक अध्यापन समेत गरेका थिए। भट्ट केही समयअघिसम्म नेपाल एसबिआई बैंकमा स्वतन्त्र सञ्चालक थिए।

वित्त, मौद्रिक,पुँजी बजार र नियमन तथा अर्थतन्त्रबारे गहिरो अनुभव भएका भट्ले साढे दुई वर्ष सेबोनको नेतृत्व गर्नेछन्। पूर्ण कार्यकाल ४ वर्ष भएको सेबोन अध्यक्षबाट सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि भट्टलाई सरकारले नियुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ