२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगुमा विकराल बन्दै बालविवाह, बालविवाह रोक्न सिडिएस पार्क भुमिका खेल्दै

बिहिवार , आषाढ २६, २०८२

मुगु। मुगुका सामुदायिक बिद्यालयमा भित्ते चित्रमार्फत बालविवाह सम्बन्धि शिक्षा दिँदै आएको छ। मुगुमा बालबिवाहको स्थिति कहालि लाग्दो अवस्थामा छ। नेपालमा बालविवाह एउटा गम्भीर समस्या हो। कानूनी रूपमा सरकारले विवाहको न्यूनतम उमेर तोकिएको छ। तर ग्रामीण क्षेत्रमा अझैँ पनि बाल विवाह व्यापक रूपमा प्रचलित छ। यसको मुख्य जडको रुपमा गरिबी, शिक्षा को कमी, सांस्कृतिक परम्परा, र लैंगिक भेदभाव समावेश छन्।

सरकारले बालविवाह उन्मूलन गर्न कानुन मात्र बनाएको छैन, सचेतनाका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । तर मुगुको हकमा भने बालविवाह सम्बन्धि कुनै पनि कानुन कार्यान्वयन हुन सकेको छैन । त्यति मात्र होइन, सानै उमेरमा बच्चा जन्माउनेहरू पनि उत्तिकै छन् । बच्चा जन्माउनेमध्ये २५ प्रतिशतभन्दा बढी १५ देखि १९ वर्ष मुनिका किशोरी छन् । यसले मुगुमा बालविवाहको कहाली लाग्दो स्थिति कायमै रहेको प्रस्ट हुन्छ ।

मुगुमा बालविवाह लगायत विभिन्न क्षेत्रमा लामो समय देखि काम गर्दै आएको कर्णाली ग्रामीण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस पार्क) ले मुगुको छायानाथ रारा नगरपालिकाका ६ वटा समुदायक विद्यालयहरुमा कार्यक्रम संचालन गरिरहेको छ । यस कार्यक्रमलाई प्रभावकारी बनाउन युवायुवतीहरुलाई विद्यालयमा बाल विवाह तथा बृहत यौनिकता शिक्षा समेत लागु गरेको छ।

बिभिन्न कार्यक्रमहरु मार्फत बालबिबाह न्यूनीकरणका लागि बिद्यालयमा बाल बालिकाको शैक्षिक स्तर वृद्धि गर्न शैक्षिक सामाग्री बितरण, २० बर्षमा विवाह गरेका किशोरीहरुलाइ सम्मान, आर्थिक अवस्था कमजोर भएर बालविवाह गर्ने घरपरिवारलाइ आर्थिक सहयोग गर्दै आएको छ । सिडिएस पार्कले यसका लागि घुम्ती कोष संचालन गरेर विपन्न परिवारलाई बाख्रा, कुखुरा, खरायो बितरण गरि बालबिवाह रोक्न मद्धत पुर्याउदै आएको छ ।

बालविवाहले स्वास्थ्यमा मात्रै नभएर समुदायमै असर पर्ने भएकाले असर तथा प्रभाब बारेमा जानकारी गराएर बाल विवाह रोक्न सिडिएस पार्कले महत्वपुर्ण भुमिका खेल्दै आएको छ । सिडिएस पार्कले बालविवाह गरे कानुनी कारवाहीको बारेमा समेत सचेतना गराउदैँ विभिन्न सञ्चार माध्याम मार्फत सचेतना मुलक सामग्री प्रस्तुत गर्दै आएको सिडिएस पार्कका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए । उनले बालविवाहले पार्ने असरलाइ सडक नाटक र भित्ते चित्र मार्फत बिभिन्न बिधालयहरुमा सचेतना गराएको बताए।

शाहीका अनुसार बाल विवाह र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ६ वटा विद्यालयमा भित्ते चित्रमार्फत सचेतना गराएको बताए। उनले समुदाय र बिद्यालयहरुमा समूह बनाएर बाल विवाह र यौन तथा प्रजनन स्वाथ्य सम्बन्धि जानकारी समेत गराएको बताए । यसबाट समुदाय र छायाँनाथ रारा नगरपालिकाका सबै सामुदायिक बिद्यालयहरुका बालबालिकाहरुमा फाइदा पुग्ने उनको विश्वास छ।

“बाल विवाहले निमत्याउने समस्या”

बालविवाहले विभिन्न सामाजिक, आर्थिक, र स्वास्थ्य सम्बन्धी समस्याहरू निम्त्याउँछ, शारीरिक स्वास्थ्यमा असरका साथै किशोरीहरूको शरीर पूर्ण रूपमा विकसित नहुँदै विवाह गरे गर्भावस्था र प्रसवको क्रममा जटिलताहरू उत्पन्न हुने सम्भावना बढी हुन्छ। बाल विवाह पछि बालिकाहरूको शिक्षा अवरुद्ध हुन्छ, जसले गर्दा उनीहरूको भविष्यमा रोजगारीका अवसरहरू पनि कम हुन्छन्।

आर्थिक समस्या शिक्षाको कमी र बाल्यकालमै परिवारको जिम्मेवारीले बाल विवाह गर्ने बालबालिकाहरूले आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्दैनन्। मानसिक स्वास्थ्यमा असर किशोरीहरूको मानसिक विकास पनि अवरुद्ध हुन्छ, र उनीहरूमा तनाव, चिन्ता, र अवसादको समस्या देखिन सक्छ।

बाल विवाह बालबालिकाको स्वतन्त्रता र निर्णय गर्ने अधिकारको हनन हो। यसले बालबालिकाको व्यक्तिगत विकास र स्वतन्त्रताको अवसरलाई सिमित गर्छ।बाल विवाहको अन्त्यका लागि सामाजिक सचेतना, शिक्षा, र कानूनी कार्यान्वयनको आवश्यकता पर्दछ।

कानुनअनुसार २० वर्षमुनिका बालबालिकाको विवाह गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाका साथै विवाह पनि स्वतः बदर हुन्छ। तर मुगुमा भने कानुन कार्यान्वयन नै फितलो भएपछि बालविवाह रोकिनुको साटो बढ्दै गएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट