काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियानमा अभिनेत्री मनिषा कोइराला पनि सहभागी भएकी छिन् ।
बिहीबार मनिषाले बनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरिन् । हस्ताक्षरलगत्तै सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले संक्षिप्त प्रतिक्रिया दिँदै राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।
“आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ । त्यसैको लागि आएको हुँ ।” उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस