logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    बागलुङ नगरपालिकाले मानेन सरकारको निर्णय, नगरभित्रका सबै विद्यालय सञ्चालन

    बागलुङ नगरपालिकाले मानेन सरकारको निर्णय, नगरभित्रका सबै विद्यालय सञ्चालन

    8.1K
    Shares

    काठमाडौं । देशभरका शिक्षण संस्था आजदेखि शुक्रबारसम्म बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलको निर्णय विपरित बागलुङ नगरपालिकाका सबै विद्यालय खुल्ला रहने भएको छ । 

    वायुमण्डलमा देखा परेको अस्वभाविक परिस्थितिका कारण विद्यालयहरु बन्द गर्ने सूचना आएपनि आफूहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यद्यपी, विद्यालय सञ्चालन गर्दा स्वास्थ्यमा सजकता भने अपनाइने बताइएको छ । 

    विज्ञप्तिमा भनिएको छ, ‘वातावरणीय अवस्था तथा कोभिड-१९ संक्रमण हुन नदिनको लागि अपनाउनु पर्ने स्वास्थ्य सजगता अपनाउँदै यथावत रुपमा सञ्चालन गर्ने गरि श्रीमान् नगर प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष स्तरीय निर्णय भएकोले सोहि निर्णय बमोजिम सबै विद्यालयहरु यथावत रुपमा सञ्चालन गराउनुहुन अनुरोध छ । ‘

    कोभिड-१९ का कारण लामो समय देखि पठनपाठनमा अवरोध भएकोले र कोभिडको दोस्रो लहरको जोखिम पनि कायमै रहेकाले विद्यार्थीको सिकाइले गति लिइरहेको तर्फ मध्य नजर गर्दै यस्तो निर्णय गरिएको नगर शिक्षा अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    166596910_440561277177785_6510279653402373028_n.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend