२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पार्टी हितविरुद्ध काम नगर्न २६ नेता कार्यकर्तालाई कांग्रेसले गरायो सचेत

बिहिवार , आषाढ २६, २०८२

काठमाडौं। नेपाली कांग्रेसले पार्टी हितविरुद्ध काम नगर्न २६ जना नेता कार्यकर्तालाई सचेत गराएको छ ।

कांग्रेस अनुशासन समितिले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी हितविरुद्ध नलाग्न सचेत गराएको हो ।

कैलालीमा २ जना, डोल्पामा १० जना, सल्यानमा ११ जना, दैलेखमा १ जना, खोटाङ्गमा १ जना र धनुषामा १ जना समेत गरी जम्मा २६ जना पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले प्राप्त अन्य अनुशासन कारबाही सम्बन्धित उजुरीहरू छानबिन कै क्रममा रहेको बताए ।

बुधबार मात्रै कांग्रेसले चुनावमा अन्तर्घात गर्ने २३ जनालाई कारबाहीको निर्णय गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट