२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : महामन्त्री शर्मा

बिहिवार , आषाढ २६, २०८२

पाटन (ललितपुर) । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको जोखिम न्यूनीकरणमा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी प्रशिक्षणका क्रममा महामन्त्री शर्माले संसारको साझा र ज्वलन्त मुद्दा जलवायु परिवर्तन भएकाले उल्लेख गरे ।

“जलवायु परिवर्तनको असर बढेको छ, कहिले अत्यधिक वर्ष, कहिले खडेरी, बेमौसमी वर्षाको समस्या छ, गत वर्षको बेमौसमी वर्षाले अर्बौंको क्षति पुर्यायो, यही साता हिमताल फुटेर रसुवामा धेरै क्षति पुर्यायो, कार्बन उत्सर्जन अत्यधिक धेरै हुँदा जलवायु परिवर्तनको असर बढ्दै गएको छ”, उनले भने, “तसर्थ जलवायु परिवर्तनको असर घटाउन प्लास्टिकको प्रयोग घटाउनेदेखि हटाउनेसम्म, मानवीय क्रियाकलापमा सुधार ल्याउनेसम्म ध्यान दिनुपर्नेछ ।”

उनले नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा रहेको बताए । “कार्बन उत्सर्जनको अवस्था घटेन र मानिसको आनीबानी परिवर्तन भएन भने जतिसुकैबेला पनि विस्फोट हुनसक्छ, तापक्रम बढ्दा हिउँ पग्लिएर हिमताल बढ्दैछ”, उनले भने ।

उनले संसारको कार्बन उत्सर्जन घटाउन समुद्रले ३० प्रतिशत, नदीले ३ प्रतिशत सहयोग पुर्याउने भन्दै मानिसले पनि आफ्ना गतिविधिलाई नियन्त्रण गरेर जैविक, जीवाश्मा उत्पन्न हुने कार्बन घटाउन सचेत हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट