मुगु। छायाँनाथ रारा नगरपालीका – ८ रारा ताल छेउमै रहेको सल्लेरि बजार अनुगमन गरिएको छ। नेपालकै प्रमुख पर्यटकियस्थल रारा घुम्न आउने आन्तरिक एवम बाह्य पर्यटक तथा उपभोक्ता लाई मध्यनजर गर्दै अनुगमन गरिएको हो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय मुगु, वडा अध्यक्ष, प्रदेश लेखा प्रमुख, पशु सेवा कार्यालय,खाध्य व्यवस्था,नेपाल प्रहरी, नागरिक समाज, पत्रकार लगायत सरोकारवाला निकायको संयुक्त सहभागितामा बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा हजारौ मूल्य बराबरको म्याद सकिएका खाद्यान्न फेला परेका छन् । करिब एकदर्जन भन्दा बढी पसल, होटल अनुगमन गर्दा अखाद्य वस्तु बरामद संगै नष्ट गरिएको छ । पेय पदार्थ, चिउरा, दालमोट, मसला, बेसारलगायतका वस्तुको म्याद गुज्रेको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्र को संयोजकत्वमा, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कमल भट्टको नेतृत्वमा, वडा अध्यक्ष कर्ण बहादुर रावल नागरिक अगुवा रुप बहादुर मल्ल, पत्रकार लगायतको सहभागितामा अनुगमन टोलीले यहाँका सानादेखि ठूलासबै पसल तथा होटल हरुमा दैनिक उपभोग्य वस्तुको म्याद नाघेका खाद्य बस्तुहरुको जाँच गरेको थियो ।

टोलीले यहाँका साना तथा ठुला पसल होटलमा म्याद नाघेका विभिन्न खाद्यान्न बरामद गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कमल भट्टले जानकारी दिए ।
सरोकारवाला निकायले अनुगमन तीन–तीन महिनामा गरिनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस