२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

दुई महिनामा सुर्खेतमा छ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ

आइतवार , आषाढ २९, २०८२

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले भने,“यो दुई महिनाका अवधिमा हामीले करिब सात किलोग्राम लागुऔषध बरामद गर्नुका साथै पाँच महिला र ३९ पुरुष गरी ४४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएका छा ।”

उनका अनुसार दुई महिनाका अवधिमा लागुऔषध (ब्राउन सुगर) ३५ ग्राम ३४० मिलीग्राम, चरेस १७ ग्राम ३६० मिलीग्राम, अफिम पाँच किलोग्राम ५४० ग्राम, गाँजा दुई सय ४० ग्राम र तीन सय ६२ वटा टयाब्लेट बरामद गरिएको छ ।

त्यस्तै जुवातासमा २१ जना पक्राउ, सामाजिक सदाचार तथा वेश्यावृत्ति कसुरमा तीन होटल सञ्चालक, १२ पुरुष, १२ महिला र एक जना एचआइभी सङ्क्रमित महिला पक्राउ परेको प्रहरी उपरीक्षक शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट