२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

घुस लेनदेनसम्बन्धी अडिओबारे संसदमा रास्वपाको प्रश्न : अडिओमा भनिएको बा को हुन् ?

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको भन्दै सरकारको ध्यानाकर्षण गरेको छ ।

आइतबार प्रतिनिधिसभामा बोल्दै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रिपरिषद्का कतिपय सदस्यको विषयमा प्रश्न उठेको बताएकी हुन् ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस लेनदेनसम्बन्धी अडिओबारे संसदमा प्रश्न उठाएकी हुन् ।

भूमी आयोगको कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी अडिओ सार्वजनिक भएको थियो ।

सांसद श्रेष्ठले सार्वजनिक भएको अडिओमा पनि एउटा मन्त्री (सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता) ले अर्को मन्त्री (भूमि मन्त्री बलराम अधिकारी) लाई पोलेकोले यसमा पनि छानबिन गर्न माग गरिन्। सांसद श्रेष्ठले भनिन्, ‘मन्त्रिमण्डलको अर्को काण्ड कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ, जिल्लाको भूमि आयोगमा सेटिङ भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको कुरो त बुझ्यौ नी, आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन, एउटा मन्त्रीले अर्को मन्त्री पोलेको छ ।’

‘अडिओमा भनिएको बा को हुन् ? दुई तिहाइ भनेको मिलिजुली भाग खान हो ? कसको प्रश्रय ? कस्तो तागत ? कस्तो संस्कार ? के फरक भयो यी सबै वर्ष ? जनताले के पाए ? संसदीय समिति त चाहिन्छ चाहिन्छ’  उनले भनिन ।

हालै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताको एउटा अडियो सार्वजनिक भएको छ । उक्त अडियोलाई लिएर संसद्‍मा प्रश्न उठेको हो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट