दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिएको हो ।
उनले मंगलबार राति गरेको सम्बोधनका क्रममा सो जानकारी गराएका हुन् । दक्षिण अफ्रिकामा पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दो रुपमा रहेको छ । यसै कारण यहाँ मादक पदार्थको बेचविखनमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
इस्टर पर्वको बेला मादक पदार्थको अत्यधिक विक्री वितरण हुने गरेका र पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दो रहेकोले प्रतिबन्ध लगाइएको अधिकारीहरुले जनाएका छन् ।