काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकोमा माफी मागेकी छिन् ।
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट भाषण गर्दै उपप्रमुख डंगोलले माफी मागेकी हुन् ।
आइतबार महानगरको १७औं नगरसभाको पहिलो बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा उनले समयमै बजेट ल्याउन नसकेको भन्दै उनले काठमाडौंबासीसँग माफी मागिन् ।
उनले महानगर भित्रको तिता मिठा, विवादहरु मन्थन हुँदै समाधानतर्फ गएको र महानगर फेरि एकढिक्का भएको बताइन् ।
प्रतिक्रिया दिनुहोस